Hamro Sanchar

टी-२० विश्वकपको फाइनल आज, कस्ले जित्ला ट्रफी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । टी-२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो ।

पाकिस्तानले सन् २००९ मा पहिलो पटक टी-२० विश्वकप जितेको थियो । त्यतिबेला युनिस खान टिमको कप्तान थिए । सन् २०१० मा इङ्ल्यान्डले पहिलो पटक यो ट्रफी जितेको थियो । त्यति बेला पल कलिङवुड टोलीका कप्तान थिए। यदि यी दुई टोलीले यो प्रतियोगिता जित्यो भने यो उनीहरूको दोस्रो टी-२० विश्वकप ट्रफी हुनेछ।

दुई टोलीबीच २८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमध्ये पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ मा जितेको थियो । १ खेल बराबरीमा सकियो र १ खेलमा कुनै नतिजा आएन।

यस विश्वकपमा इङ्ल्यान्डको यात्रा उतारचढावले भरिएको थियो । विश्वकपअघि इङ्ल्यान्डलाई जितको ठुलो दाबेदार मानिन्थ्यो । तर समूह चरणमा आयरल्यान्डसँग टोली स्तब्ध बनेको थियो ।

हारेपछि जोस बटलरको कप्तानीमा रहेको यो टोलीले उत्कृष्ट खेल्दै न्युजिल्यान्डलाई पराजित गर्‍यो र त्यसपछि श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनल पुग्यो । सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै उनीहरूले आफूमा कुनै पनि टोलीलाई हराउन सक्ने शक्ति छ भन्ने प्रमाणित गरेका छन् ।


प्रतिकृया दिनुहोस्