Hamro Sanchar

आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार

प्रकाशित : २०७९ कात्तिक, १४ गते


Advertisement

चितवन, कात्तिक १४- चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन् । माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे ११ बजेको समयमा खुकुरी प्रहार गरी फरार भएका हुन् ।

खुकुरी प्रहारबाट घाइते भएका रामबहादुर गुरुङको बघौडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि चितवन मेडिकल कलेज ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

रामबहादुरको निधारमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्