Skip

Hamro Sanchar

छठ हेर्न गएका बालकको छुरा प्रहार गरेर हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, १४ गते


काठमाडौं, कात्तिक १४- मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ ।

झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।

दियुसलाई छुरा प्रहार गरेर हत्या गरिएको हो । छठ पर्व मनाएको हेर्न मावा खोला पुगेका दियुसमाथि आइतबार राति छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा आज सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नहरु फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्