Hamro Sanchar

डेंगुबाट निधन भएकी कलाकार घ्लानका परिवार भेट्न पुगिन् ओनसरी घर्ती

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, १ गते


Advertisement

काठमाडौं, कात्तिक १- पूर्वसभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेंगुबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङका परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार घर्तीले काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित घ्लानको घर पुगेर उनले परिवार र आफन्तलाई समवेदना दिएकी हुन् । घ्लानको असामयिक निधनले नेपाली सांगितीक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै घर्तीले दुःख व्यक्त गरिन् ।

२५ वर्षीया घ्लानको शुक्रबार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । तामाङ भाषाका गीतमार्फत् कलाकारितामा फड्को मारेकी घ्लानले थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन् ।

घ्लानले अभियन गरेको टुङ्नाको धुन, डम्फुमा सेलो, दुप्चेश्वर मेला, ल्होछार मेलाजस्ता गीत जनमानसमा लोकप्रिय छन् ।

 


प्रतिकृया दिनुहोस्