Hamro Sanchar

माधव नेपालले गरे निर्वाचन क्षेत्र रणनितिक सडकको शिलान्यास

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २७ गते


Advertisement

काठमाडौं, भदौ २७- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालले शंखरापुर नगरपालिकाको साँखुमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनितिक सडकको शिलान्यास गरेका छन् ।

देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये काठमाडौं २ मा यो सडक बन्न लागेको हो ।

२० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आइतबारबाट शुरु भएको हो । काठमाडौंको साँखुदेखी शंखरापुर नगरपालिका वडा नं २ को पटापसम्म २ अर्व लागतमा डिपिआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिव ४ किलोमीटर सडक कालोपत्र हुनेछ । सो सडकले शंखरापुर नगरपालिकाका वडा नं ७,८, ४ र २ छुनेछन् ।

कमलजित निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रबिधिको कालोपत्रे हुनेछन् । सो कार्यक्रममा संबिधानसभा सदस्य दिपक प्रसाद कुँइकेल, बागमती प्रदेशसभा सदस्य मणिराम फुँयाल, शंखरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठको उपस्थिति थियो । त्यसैगरी शंखरापुर नगरका निवर्तमान प्रमुख सुबर्ण श्रेष्ठ, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य तथा युवा संघ उपाध्यक्ष नितेश पौडेल काठमाडौं जिल्ला कमिटी अध्यक्ष एल पि श्रेष्ठ लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस्