Hamro Sanchar

म्यादी प्रहरी भर्ना भदौ ३० देखि, कसले पाउछन् प्राथमिकता ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २१ गते


Advertisement

काठमाडौं, भदौ २१- आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो । भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । राईका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ ।

“भदौ ३० देखि असोज ६ गतेसम्म भर्ना लिइनेछ । असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गर्नुपर्नेछ,” राईले भने, “अन्तिम नतिजा असोज २५ गते प्रकाशन गरिनेछ ।”

छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने प्रवक्ता राईले बताए । निर्वाचन सुरक्षाबारे पुराना म्यादीलाई थाहा हुने भएकाले पुराना म्यादीहरुलाई नै प्राथमिकता दिइने उनले बताए ।


प्रतिकृया दिनुहोस्