Hamro Sanchar

नक्शा लिएर गएँ, डोजर चलाएँ, मैले के बिराएँ : मेयर बालेन शाह

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ९ गते


Advertisement

काठमाडौं, भदौ ९- काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएको छ ।

बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन शाह अल्फाबिटा कम्प्लेक्समा पुगेका थिए ।

अल्फाबिटाका द्विराज शर्मासँग मेयर शाहको भनाभन परेको थियो । सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु पर्ने बताएका थिए ।

मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए ।

शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए । कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी दिउँसो फेरि अल्फाबिटामा पुगे ।

अल्फाबिटामा उनले उपस्थित पत्रकारहरूलाई नक्सा देखाए । त्यसपछि डोजरले अवैध संरचना भत्कायो ।

अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन् ।

उनले लेखेका छन्- उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।


प्रतिकृया दिनुहोस्