Hamro Sanchar

फेरी मलाई हराएर गल्ती नदोहोर्याउनुहोस् – ओली

प्रकाशित : २०७९ साउन, १२ गते


Advertisement

काठमाडौं, साउन १२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६४ सालको चुनावमा आफूले हारेकोले जनताले पछुतो मानेको बताएका छन् ।

झापामा बिहीबार पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तर्क्रिया कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

‘त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेका थिए,’ अध्यक्ष ओलीले भने, ‘त्यो प्रवृत्ति स्थानीय निर्वाचनमा देखिएको छ । गल्ती कहिले-कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

ओलीको गृहनगर दमकमा स्थानीय चुनावमा एमाले उम्मेदवार पराजित भएका थिए ।

साथै ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गरेका थिए ।

‘अर्कालाई जिताएर आफैँ अपमानित हुने र लज्जित हुने काम नगर्न म आग्रह गर्दछु,’ उनले भने, ‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो । पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’

आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको उनले बताएका थिए ।


प्रतिकृया दिनुहोस्