Hamro Sanchar

अघि बढ्यो कम्युनिस्ट एकीकरणको गृहकार्य : पार्टीको नयाँ नाम यस्तो राख्न प्रस्ताव

प्रकाशित : २०७९ साउन, ६ गते


Advertisement

काठमाडौं, साउन ६- नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ । प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो । आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ‘पार्टी एकीकरण’बारे छलफल गरेका छन् ।

भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन् ।


प्रतिकृया दिनुहोस्