काठमाडौं, असार २१- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको छ ।
गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन् ।
आगामी साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको सो पार्टीले बताएको छ ।