Hamro Sanchar

मट्टितेल छर्केर जिउँदै आगो लगाई श्रीमानले गरे बबिताको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १८ गते


Advertisement

काठमाडौं, असार १८- मोरङमा आफ्नै श्रीमानले मट्टितेल छर्केर जिउँदै आगो लगाई श्रीमतीको हत्या गरेको खुलेको छ । जिल्लाको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षिया बबिता मल्लिकको हत्या आफ्नै श्रीमानले विभत्स हत्या गरेको खुलेको हो ।

शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदै २३ वर्षिय तिलका मल्लिकले श्रीमती बबिताको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबार राति १० बजेतिर उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो । बबिताको शनिबार बिहान ६ बजे मृत्यु भएको छ ।

श्रीमतीमाथि आगो लगाएर भागेका तिलका प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार शुक्रबार राति १० बजे तिलका र बबिताबीच घरायसी विवाद भएको थियो । त्यसक्रममा तिलकाले बबितामाथि मट्टीतेल छर्केर आगो लगाएर भागेका थिए ।

खोजी गर्नेक्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । श्रीमतीमाथि आगो लगाउँदा घर पनि जलेर खरानी भएको छ ।

प्रहरीले घटनामाथि थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिकृया दिनुहोस्