Hamro Sanchar

भाइ बिदेशमा, आफ्नै जेठाजुद्वारा बुहारी बलात्कृत

प्रकाशित : २०७९ असार, १८ गते


Advertisement

गुल्मी, असार १८- आफ्नै जेठाजुद्वारा बुहारी बलात्कृत भएकी छन् । गुल्मीको धुर्कोट गाउँपालिका-६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको खुलेको हो ।

बुहारी बलात्कार गर्ने जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

प्रहरीकाअनुसार उनले असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा बुहारी बलात्कार गरेका हुन् ।

प्रहरी निरीक्षक यादवका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।


प्रतिकृया दिनुहोस्