Hamro Sanchar

चट्याङ लागेर खेतमा काम गर्दै गरेका दुई किसानको मृत्यु

प्रकाशित : २०७९ असार, १४ गते


Advertisement

कञ्चनपुर, असार १४- कञ्चनपुरमा मंगलबार बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका-६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका-८ तिलाचौरकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुवै जना किसानको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर ज्यान गएको हो ।

यस्तै चट्याङ लागेर भाँसीमा एक हल गोरु र लालपुरमा केही बङगुरको मृत्यु भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्