Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आजबाट सुरु भयो मुस्लिम धर्मावलम्बीहरूको एकमहिने पर्व रमजान

March 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २९- मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन् । जसलाई रोजा पनि भन्ने गरिन्छ । सूर्योदय...बाँकी

रास्वपाले इलाम २ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक...बाँकी

कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कर्णाली, फागुन २८- कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले...बाँकी

एक महिनाअघि नै मनाइयो ग्याल्पो ल्होसार, आज बिदा दिएकोमा बौद्धमार्गीहरूको विरोध

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै सोमबार सार्वजनिक बिदा दिएकोमा बौद्धमार्गीहरूले विरोध गरेका छन् । ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइसकिएको बौद्धमार्गीहरूले बताएका छन् । नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे...बाँकी

१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्षमा जितेका व्यञ्जनकारको निधन

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो । व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर...बाँकी

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउदै, देशभर सार्वजनिक विदा

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ग्याल्पाे ल्हाेसारकाे अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएकाे छ । नयाँ...बाँकी

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २८- काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले...बाँकी

श्रीमतीलाई नियुक्ति दिएर तलब बुझ्ने अदालतका रजिष्ट्रार भ्रष्टाचारी ठहर, तोकियो यस्तो सजाय

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २८- स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत...बाँकी

तामाकोसी गाउँपालिका उपाध्यक्ष खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

March 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २७- दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा...बाँकी

१२ वर्षीया छोरीमाथि बाबुले बलात्कार गरेकाे आराेप, आमाले दिइन् उजुरी

March 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, फागुन २७- अछाममा आफ्नै नाबालिग छोरीमाथि बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ परेका छन् । मंगलसेन नगरपालिकामा १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार साँझ प्रकाउ गरेकाे हो । शनिबार दिउँसो...बाँकी