Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रुपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ दल दर्ता

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् । नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन,...बाँकी

चैत १५ गते राप्रपाहरूले मिलेर छुरी हाने, तर बाँच्न सफल भएँ : दुर्गा प्रसाईं

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते भएको राजावादी आन्दोलनमा राप्रपा नेताहरुले आफूमाथि छुरा हानेको टिप्पणी गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू त्यसबाट बाँच्न सफल भएको समेत जिकिर गरे। ‘मलाई...बाँकी

गौर हत्याकाण्डको मुद्दा अघि बढाउन सर्वोच्चको परमादेश

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यो परमादेश जारी गरेको हो। यो आदेशसँगै २७ जनाको ज्यान गएको १९ वर्ष पुरानो गौर...बाँकी

रवि लामिछानेको स्वास्थ्यमा समस्या, डाक्टर कारागारमै लगियो डाक्टर

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ललितपुरको नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएका छन्। उनलाई जन्डिस भएको आशंकामा सोमबार दिउँसो रगत परीक्षणका लागि वीर अस्पताल पठाइएको छ। उनको स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरुको...बाँकी

पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य बनाएर दिग्भ्रमित बनाउने कोसिस भइरहेको छ : देउवा

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक...बाँकी

म एमालेकै कार्यकर्ता हुँ : विद्यादेवी भण्डारी

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म...बाँकी

दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै...बाँकी

अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्छ भन्दै हल्ला चलाए : शंकर पोखरेल

August 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन्। उनले नेकपा एमाले र नेपाली कांग्रेसबीच उच्चस्तरको सहमतिसहित गठबन्धन बनेकाले अस्थिरताका रोगीहरू छट्पटिएको बताए। सोमबार प्रेस चौतारी नेपाल...बाँकी

प्रधानमन्त्री ओलिलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

August 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत...बाँकी

लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री

August 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट पारेका छन् । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले संविधान...बाँकी