आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी खुल्यो

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूचीघ

July 14, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
३० असार,काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘न्याय परिषदको वार्षिक प्रतिवेदन...बाँकी

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ। कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब...बाँकी

आज  देशका अधिकांश स्थानमा वर्षा,सावधानी अपनाउन आग्रह

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,...बाँकी

मुग्लिन-नारायणगढ सडक अवरुद्ध : सवारी चलाउन रोक

July 13, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ । सोमबार साँझ सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको जनाएको हो । लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा...बाँकी

मिडिया हाउस अगाडि राखिएका शंकास्पद गाडी प्रहरीले लियो नियन्त्रणमा

July 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ असार, काठमाडौं। राजधानीका विभिन्न सञ्चारगृह अगाडि पार्किङ गरिएका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिन थालेको छ। आवतजावतमा अवरोध पुग्ने गरी राखिएका ती सवारीबारे सूचना प्राप्त भएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी परिसर...बाँकी

विभिन्न मिडिया हाउसका गेट अघि कस्ले गर्‍यो गाडी पार्किङ, आवतजावतमा समस्या

July 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ असार, काठमाडौं । विभिन्न सञ्चारमाध्यमको गेट अगाडि शंकास्पद रुपमा निजी गाडीहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको पाइएको छ। आज बिहान साढे ७ बजेदेखि कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद निजी गाडीहरू...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरलाई आज सजाय सुनाइने

July 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ। काठमाडौं जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश...बाँकी

अस्पतालको बेडबाट जेनजी अगुवा माजिदको याचना : मेरो जीवन  रक्षा गरियोस्

July 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ असार, काठमाडौं । जेनजी अगुवा माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेडबाट उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।...बाँकी

कोशी अस्पतालको जग्गामा अनाधिकृत बनेका व्यावसायिक सटरमा चल्यो डोजर

July 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ असार, इटहरी । वर्षौंदेखि व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएको कोशी अस्पतालको बहुमूल्य जग्गा आजदेखि अस्पतालकै नियन्त्रणमा फर्किएको छ। अस्पताल प्रशासनले अतिक्रमित क्षेत्रमा बनेका व्यावसायिक सटरहरू डोजर लगाएर हटाएसँगै सेवा विस्तारका लागि आवश्यक जग्गा उपयोग...बाँकी