Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ब्रड पिक आरोहणमा मृत्यु भएका ३ आरोहीको शव स्वदेश ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २६ गते


Advertisement

२६ साउन, काठमाडौं । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका ३ आरोहीको शव स्वदेश ल्याइएको छ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा पर्ने ब्रड पिक आरोहणको क्रममा साउन १४ गते आएको हिमपहिरोमा परी १० जना ज्यान गएको थियो। उनीहरूमध्ये ६ जना नेपाली थिए।

हिमपहिरोमा ज्यान गुमाएका किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार नेपाल ल्याइएको हो। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा उनीहरूलाई आरोही, पर्यटन व्यवसायी, आफन्तजन र शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गरेका छन्।

ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका पुरबहादुर गुरुङ (युक्ता)को शव यसअघि नै नेपाल ल्याइएको थियो। अर्का आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव बेलायत लगिने भएको छ भने नवाङ थिन्दु शेर्पाको शव ल्याउन बाँकी छ ।


प्रतिकृया दिनुहोस्