२६ साउन, पर्सा । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।
खानतलासी गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।































