Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ध्वस्त भएको पार्टी कार्यालयमा वीपीको तस्बिर र ब्यानर राख्दै कांग्रेसले भन्यो : हामी उठ्ने छौँ

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त बनाइएको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक विश्वेश्वर प्रसाद कोइराला (वीपी)को तस्बिर र ब्यानर राखिएको छ । भदौ २४ गते जेनजीको समूहले पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेर...बाँकी

प्रधानमन्त्री नियुक्ति अलमलमा  : ९ बजेलाई बोलाइएको शीतल निवास वार्ता दिउँसोलाई सर्‍यो

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो ।...बाँकी

राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ : दुर्गा प्रसाईं

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ। यही संविधान जिवित राखेर जेनजी...बाँकी

सुदन किराँतीको अपिल ; देशलाई विदेशी हस्तक्षेपबाट बचाउन कार्कीलाई छिटो शपथ खुवाइयोस्

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले देशलाई विदेशी हस्तक्षेपबाट बचाउन चाँडोभन्दा चाँडो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख पदमा शपथ खुवाइहाल्न अपिल गरेका छन्। जेन(जी प्रतिनिधिकै प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश...बाँकी

सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले जेनजीले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्–...बाँकी

इजराइले गर्‍यो कतारसहित ६ देशमा हमला : २ सय जनाको मृत्यु

September 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी...बाँकी

काठमाडौँमा बिहान ५ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय केही घटाएको छ। जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज ९शुक्रबार० बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको...बाँकी

नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला पक्राउ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला ९साह० काभ्रेको मंगलटारमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको...बाँकी

राष्ट्रपति र सभामुखको समन्वयमा मन्त्रिपरिषद् गठन गर्नुपर्छ : विद्या भण्डारी

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीले राजीनामा दिएको भए पनि राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै रहेको भन्दै राष्ट्रपति र सभामुखसँगको समन्वयमा अर्को सरकार गठन गर्नुपर्ने बताएकी छिन्। बिहीबार विज्ञप्ति जारी गर्दै भण्डारीले...बाँकी

आइतबारदेखि सर्वोच्च खुल्ने, बन्दी प्रत्यक्षीकरणको नियमित सुनुवाइ गर्ने

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य थाल्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश प्रकामानसिंह राउतले जारी गरेको प्रेस...बाँकी