Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद शर्मा पक्राउ

August 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २५-नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पक्राउ गरेको हो । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको...बाँकी

शेयर बजार आज सामान्य बढ्यो, २ अर्ब बढीको कारोबार

August 10, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन २५- कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।...बाँकी

युवकको काटिएको टाउको भेटियो, शरीर खोज्दै प्रहरी

August 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, साउन २५- सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ । हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।...बाँकी

नेपाल लाईफ इन्स्योरेन्सको गण्डकी प्रदेश प्रमूखमा शहदेब अधिकारी नियुक्त

August 10, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं, साउन २५- नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडको गण्डकी प्रदेश प्रमूखमा शहदेब अधिकारी नियुक्त भएका छन् । उनलाई कम्पनीले गण्डकी प्रदेश प्रमूखको जिम्मेवारी दिएर प्रदेश राजधानी पोखरा पठाएको छ । गत आर्थिक बर्षबाट शाखा प्रमुखबाट...बाँकी

नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

August 9, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं, साउन २४-गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले १० महिनापछि सार्वजनिक गरेको छ । राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च...बाँकी

मन्त्री ज्वालाले गरे पूर्वाधार विज्ञसँग छलफल

August 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २४-भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन् । उनले सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ सुरेशराज आचार्य, मेघराज घिताल, प्रा.डा तारानिधि...बाँकी

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ

August 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन २४-नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक...बाँकी

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

August 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुु, साउन २४- पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ । आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी

प्रतिनिधी सभा बैठक सुरु

August 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २४– प्रतिनिधी सभा बैठक सुरु भएको छ । हिजो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि स्थागित भएको बैठक भर्खर सुरु भएको हो । एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै अवरोध गरेपछि...बाँकी

माधव नेपालले भने : ललिता निवास प्रकरणमा मैले बदमासी गरेको छैन

August 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २४– नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिएका छन् । पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुगेका अध्यक्ष नेपालले सर्वोच्च अदालतले...बाँकी