Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वर्षमानको टिप्पणी : ओलीले भ्रष्टाचारीको मुख हेर्दिन भन्दा मानिसहरू हाँस्छन्

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अनेक काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ...बाँकी

तीन वटा सवारी एकापसमा ठोक्किदा स्कुटर चालक महिलाको मृत्यु

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । बुटवलको बेलबासमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर...बाँकी

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आव्हान

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्। बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा...बाँकी

प्रत्येक पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा छ : सभापति देउवा

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा,...बाँकी

आज बागमतीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भाव

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली...बाँकी

परराष्ट्रमन्त्री राणाले भेटिन भारतीय प्रधानमन्त्री मोदीलाई

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा...बाँकी

आज गाईजात्रा पर्व: काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा...बाँकी

बाढी-पहिरोसहितका विपद्मा परेर २ महिनामा १९० जनाको मृत्यु

August 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्‍मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी...बाँकी

सुख्खा पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदि थुनियो, स्थानीयलाई सतर्क रहन आग्रह

August 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरो जादा इन्द्रावती नदी थुनिएको छ। तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको नेपाली सेनाले जनाएको छ। पहिरोका कारण थुनिएको नदी एक्कासी खोलिएमा बाढी आउन...बाँकी

जयशंकरसँगको भेटमा द्विपक्षीय सहयोगबारे छल फल भयो : परराष्ट्रमन्त्री राणा

August 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् । राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी हुन् । उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो...बाँकी