Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपतिले गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

December 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ४- सर्वोच्च अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।...बाँकी

यूएईबाट काठमाडौँ आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

December 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, पुस ४- संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको...बाँकी

लापरबाही भएको भन्दै गगन थापाले मागे माफी

December 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस ४- पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माफी मागेका छन् । गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको जिल्ला सम्मेलन लापरबाही भएको भन्दौ माफी मागेका हुन्...बाँकी

८ देशसँग श्रम सम्झौता गर्ने सरकारको तयारी

December 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस ४- सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो । सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता...बाँकी

ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ

December 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस ४- नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी मेनपावर सञ्चालक पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँको पुरानो...बाँकी

गगन थापाले मागे माफी

December 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरवाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो । नगरपालिकाको...बाँकी

छात्रवृत्ति र दिवा खाजाको पैसाले शिक्षकलाई तलब खुवाएको गुनासो आएपछि…

December 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस १- आज (आइतबार) गोरखापत्रमा सूचना प्रकासन गर्दै शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाको रकमबाट शिक्षकलाई तलब नखुवाउन अनुरोध गरेको छ । छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल...बाँकी

काम गरौँ, चुनावको चिन्ता नगरौँ : महामन्त्री शर्मा

December 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बागलुङ, पुस १- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले...बाँकी

जाजरकोट भूकम्प पीडित त्रिपाल मुनी, पालिकाको खातामा थन्कियो ५० करोड

December 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जाजरकोट, मङ्सिर २९- भूकम्पले घरबारविहीन बनाएपछि त्रिपालमा बस्दै आएका जाजरकोटका भूकम्प पीडितलाई मङ्सिर भित्र अस्थायी आवासमा सार्ने भन्दै सङ्घीय सरकारले पठाएको ५० करोड रुपैयाँ पालिकाको खातामा गएर थन्किएको छ । पालिकाले लाभग्राही पहिचान गरी सम्झौता...बाँकी

बेहुलाको गाडीले ठक्कर दिँदा नाच्दै हिडेका जन्तीको मृत्यु, ४ जना घाइते

December 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
प्युठान, मंसिर २८- प्युठानमा बेहुलाको गाडीको ठक्करबाट नाच्दै हिडेका एकजना जन्तीको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका–२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका एक जनाको मृत्यु भएको हो ।...बाँकी