Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

September 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।...बाँकी

युक्रेनको प्रधानमन्त्री कार्यालयमा रुसको ड्रोन आक्रमण

September 7, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रुसले युक्रेनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आक्रमण गरेको छ । शनिबार रातभर रुसले युक्रेनको राजधानी किएभमा अवस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयहरू भएको भवनमा ड्रोन र मिसाइल आक्रमण गरेको...बाँकी

रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय राख्न चाहन्छन् ट्रम्प

September 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशमा हस्ताक्षर गर्दै छन्। यसमार्फत उनी डिपार्टमेन्ट अफ डिफेन्स (रक्षा विभाग)को नाम परिवर्तन गरी डिपार्टमेन्ट अफ वार (युद्ध विभाग)राख्न चाहन्छन्। यो कदमले मानिसहरूलाई अमेरिकी सेनाको शक्ति र...बाँकी

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

September 4, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको...बाँकी

सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन् : ट्रम्प

September 3, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा...बाँकी

नेपाल-रुस सम्बन्धमा कहिल्यै समस्या आएको छैन :  पुटिन

September 2, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल-रुस सम्बन्धमा कहिल्यै समस्या नआएको बताएका छन्। चीनको थियानजिनमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा पुटिनले दुई देशबिच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको...बाँकी

अफगानिस्तानमा भूकम्प, २० जनाभन्दा बढीको मृत्यु

September 1, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तान सीमानजिकै रहेको अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण २० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालमा भर्ना...बाँकी

युक्रेनका पूर्वसभामुख परूबीयको गोली हानी हत्या

August 31, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको हत्या भएको छ। युक्रेनको पश्चिमी सहर लिविभमा शनिबार मध्याह्न पूर्वसभामुखमाथि एक संदिग्धले अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो। गोली प्रहार गरी हत्यारा फरार भएका थिए। परूबीयमाथि धेरै...बाँकी

ट्रम्पले लगाएको कर अवैध भएको अमेरिकी अदालतको ठहर

August 30, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई लगाएको भन्सार दर अवैध ठहर गरेको छ। वासिङ्टन डिसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार ट्रम्पले लगाएको अधिकांश भन्सार दर अवैध ठहर गरिदिएको अन्तर्राष्ट्रिय समाचार...बाँकी

तीन आतंककारी काठमाडौँ हुँदै बिहार पसेको भन्दै प्रहरीले जारी गर्‍यो ‘अलर्ट

August 28, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस-ए-मोहम्मदका तीन आतंककारी नेपाल हुँदै आफ्नो राज्य बिहार प्रवेश गरेको दाबी गरेको छ। तीन आतंककारीको नाम र तस्बिर सार्वजनिक गर्दै भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा अलर्ट जारी...बाँकी