Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको प्रतिबद्धता : प्रिय जेनजी, सुशासन कायम हुने नै छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

जेनजी शहीद दिवसको अवसरमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै प्रधानमन्त्री शाहले सुशासन कायम गर्ने बताएका हुन्।

जेनजीलाई सम्बोधन गर्दै शाहले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ।’

गत वर्ष भदौ २३ गते सुशासनको माग गर्दै जेनजी आन्दोलन भएको थियो।

यसै अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा पनि दिएको थियो। प्रधानमन्त्री शाहले पनि सामाजिक सञ्जालमार्फत जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्


प्रतिकृया दिनुहोस्