Skip

Hamro Sanchar

राजमार्ग अवरुद्ध, हवाई यात्रामा चाप : भरतपुरबाट-काठमाडौं दैनिक ११ वटासम्म उडान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २२ गते


Advertisement

२२ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ ।

यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै सङ्ख्या बढाएर ११ वटासम्म पुर्‍याइएको छ । दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्‍याइएको उहाँले जानकारी दिनुभयो ।

यहाँबाट काठमाडौँ आवतजावत गर्ने ‘एटिआर ७२’ जहाज हो । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौँ जाँदा ५० जना यात्रु ओसार्ने गर्दछ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो । यहाँ चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लम्जुङ, मकवानपुरबाट समेत यात्रु आउने गर्दछन् ।

एयरलायन्सले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्