Skip

Hamro Sanchar

जुवा खेलाउने गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक क्यासिनोबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, काठमाडौं । जुवा खेलाउने गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक क्यासिनोबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जस्थित क्यासिनोमा जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर मल्लका अनुसार शनिबार राति साढे १० बजेतिर वीरगन्ज महानगरपालिका-१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीहरू प्रवेश गराई जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सखुवाप्रसौनी गाउँलपालिकाका अध्यक्ष यादवको घर वडा नम्बर ६ मा हो भने पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पौडेलको घर स्याङ्जाको हरिनास गाउँपालिका(७ हो।

उनीहरूसँगै क्यासिनोबाट प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-६ का वर्ष ३० का चन्दन सहनी, वीरगन्ज-११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई पक्राउ गरिएको जनाएको छ।

यस्तै त्यही क्यासिनोका कर्मचारीहरू वीरगन्ज-१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज-२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका-५ घर भई हाल उक्त क्यासिनोमा काम गर्ने वर्ष ४९ का जयदेव साह र वीरगन्ज-१२ बस्ने वर्ष ५० का प्रदेशी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्