२१ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्वपूर्ण कागजात फेला परेमा आफूसँग नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरीले फेला परेको सामान आफूसँग राख्ने, लुकाउने वा बिक्री–वितरण गर्ने जस्ता आपराधिक एवं अमानवीय कार्य नगर्न आग्रह गरेको हो।
बाढीका कारण हराएका धनमाल तथा महत्वपूर्ण कागजात फेला परेमा नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको परिचय दिन प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले विपद्को समयमा एकअर्कालाई सहयोग गर्दै फेला परेका सामान सम्बन्धित धनीसम्म पुर्याउन सहयोग गर्न समेत आग्रह गरेको छ ।
































