Skip

Hamro Sanchar

दाहसंस्कार गरि काजकिरिया सुरु भइसकेकि चण्डिका जीवितै भेटिएपछि…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २० गते


Advertisement

काठमाडौँ । बाढीपछि ११औँ दिन बेत्रावतीबाट जीवितै उद्धार गरिएकी ६५ वर्षीया चण्डिका श्रेष्ठको परिवारले उनको काजकिरिया समेत सुरु गरिसकेको खुलेको छ ।

आठ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले चण्डिका जीवित नरहेको ठानेर कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया सुरु गरेको थियो । बाढीले उनको चारतले घर करिब सय मिटर तल बगाएर गेग्रानमा पुरेको थियो ।

शनिबार घरको माथिल्लो भागबाट आवाज आएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले झ्याल फुटाएर हिलोमा पुरिएकी चण्डिकाको जीवितै उद्धार गरेको हो ।


प्रतिकृया दिनुहोस्