Skip

Hamro Sanchar

बाढीले पुल बगाएको देवीघाटमा तुइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २० गते


Advertisement

२० भदौ, भोटेकोसि । त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली नदी वारिपारि सम्पर्कविच्छेद भएको देवीघाटमा तुइन सञ्चालनमा ल्याइएको छ ।

बाढीले आवतजावतका लागि प्रयोग हुँदै आएको मुख्य पक्की पुलसँगै झोलुङ्गे पुलसमेत बगाएपछि विदुर नगरपालिका– ३ र ५ का स्थानीयको आवतजावत ठप्प भएको थियो ।

नदी वारपार गर्न नसक्दा स्थानीयले दैनिक उपभोग्य सामग्री ओसारपसारदेखि औषधि उपचारका लागि समेत कठिनाइ भोग्दै आएका थिए ।

यद्यपि, वर्षायाममा उर्लंदो त्रिशूली नदीमाथि तुइनबाट वारपार गर्नुपर्ने अवस्था जोखिमपूर्ण रहेको स्थानीयको भनाइ छ ।

उनीहरूले यथाशीघ्र बेली ब्रिज वा नयाँ झोलुङ्गे पुल निर्माण गरी आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।


प्रतिकृया दिनुहोस्