Skip

Hamro Sanchar

भदौ २२ र २३ गते पनि राहदानी विभागका सेवा सञ्चालन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

१९ भदौ, काठमाडौँ। राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो।

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ ।

साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।


प्रतिकृया दिनुहोस्