१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको छ।
भोटेकोसी बाढीपछि सुरुङमा थुनिएका उनीहरूको १० दिनपछि सकुशल उद्धार भएको हो।
रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपाने दुई जनाको सकुशल उद्धार गरिएको जानकारी दिए।
सञ्जय शाह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन्।
नेपाली सेनाले रसुवाको भोटेकोसीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको संयुक्त खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ।
उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरेको र थप खोज तथा उद्धार कार्य भइरहेको पनि सेनाले जनाएको छ।




































