Skip

Hamro Sanchar

पेप्सिकोलामा मध्यराति भीषण आगलागी, १० भन्दा बढी सिलिन्डर पड्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित फुटबल ग्राउन्ड नजिकै रहेको बम्बो कटेजमा मध्यराति भीषण आगलागी भएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब साढे १२ बजे कटेजमा आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।

आगलागीका क्रममा कटेजमा रहेका १० भन्दा बढी ग्यास सिलिन्डर पड्किएको स्थानीय तथा प्रत्यक्षदर्शीले बताएका छन्। आगलागी नियन्त्रणका लागि कागेश्वरी मनोहरा नगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको टोलीसहित काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट घटनास्थलमा पुगेका थिए।

प्रहरी वृत्त काँडाघारीका असई रमेश ओलीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

कटेज सञ्चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिकृया दिनुहोस्