Skip

Hamro Sanchar

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान भएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा श्रममन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियममित गर्ने) विधेयक- २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्य सूची छ।

त्यसैगरी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ पेस गर्नेछन्।

कानुनमन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुदायिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्