११ भदौ, काठमाडौं । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बाुढीबाट सिर्जित विपद्को सामना गर्न पक्ष र विपक्षको भावनाभन्दा माथि उठेर सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन्।
उनीहरूले प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रूपमा जनही १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। दुवै कलाकारबाट हुने सहयोग रकम कुल २ लाख रुपैयाँ हुनेछ।
विपद्को समयमा राजनीतिक वा अन्य विभाजनभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै श्रेष्ठ र आचार्यले प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न आग्रह गरेका छन्।































