Skip

Hamro Sanchar

भोटेकोसी बाढी : हालसम्म १६२ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी (पूर्व) २६ र नवलपरासी (पश्चिम)मा दुई शव फेला परेको छ ।

४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।


प्रतिकृया दिनुहोस्