Skip

Hamro Sanchar

रबि लामिछाने बोलाएको सर्वदली बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापनबारे छलफल गर्न बोलाएको सर्वदली बैठक आज बस्दै छ ।

पार्टी सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

भोटोकोसी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनका जिल्लामा जनधन तथा मानवीय क्षति भएको छ ।

उक्त विषयमा सबै पक्षसँग छलफल गर्दै विपद् तयारीमा एकजुट हुनका लागि बैठक बोलाइएको हो ।


प्रतिकृया दिनुहोस्