Skip

Hamro Sanchar

गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति, के- के भयाे सहमति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ७ गते


Advertisement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकि ३ वर्षीया बालिका गरिमा चौधरीको परिवारसंग सरकारले तीनबुँदे सहमति गरेको छ ।

सरकार र पीडित परिवारबीच भएको सहमतिपत्रमा घटनाको अनुसन्धान तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनेदेखि पीडित परिवारको माग सम्बोधन गर्ने विषय समेटिएका छन् ।

सहमतिको पहिलो बुँदामा घटनाको अनुसन्धान प्रक्रियालाई पुनरावलोकन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख छ । ।

घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धानलाई प्रभावकारी बनाउने प्रतिबद्धता सरकार पक्षले जनाएको छ ।

त्यस्तै, पीडित परिवारको मागअनुसार आवश्यक पूर्वाधार विकास तथा सहयोगका विषयमा पनि सरकारले प्रक्रिया अघि बढाउने सहमति भएको छ।

सहमतिको अर्को बुँदामा पीडित परिवारका सदस्यको माग तथा आवश्यकताअनुसार सरकारले थप सहयोग र समन्वय गर्ने उल्लेख छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट सम्बन्धित सरकारी अधिकारी तथा पीडित परिवारका तर्फबाट प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सहमति भदौ ६ गते भएको हो ।

गरिमा चौधरीको बलात्कार तथा हत्यापछि दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गर्दै विभिन्न पक्षबाट दबाब बढ्दै आएको थियो ।

सहमतिपत्रमा घटनाको न्यायिक प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र पीडित परिवारका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि अब त्यसको कार्यान्वयन मुख्य विषय बनेको छ ।


प्रतिकृया दिनुहोस्