Skip

Hamro Sanchar

गरिमाका बुवा-आमा गृहमन्त्रीसंग वार्तामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु भएको छ ।

गरिमाका बुवा मनोज र आमा मानमती चौधरीसँग गृहमन्त्रीले छलफल गरिरहेका छन् । वार्तामा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीताकुमारी चौधरी पनि सहभागी छिन् ।

बाराको सिमराकी गरिमाको बलात्कारपछि हत्या भएपछि उनका आमाबाबु केही दिनदेखि आन्दोलित थिए । उनीहरु वार्ता गर्न शनिबार विमान चढेर राजधानी आएका हुन् ।

गत साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी गरिमाको शव तीन दिनपछि फेला परेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

हाल गरिमालाई न्याय माग्दै राजधानी काठमाडौंसँगै देशका विभिन्न स्थानहरुमा आन्दोलन र प्रदर्शन चर्किरहेको छ ।


प्रतिकृया दिनुहोस्