Skip

Hamro Sanchar

पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

६ भदौ, काठमाडौं । काठमाडौंबाट मुस्ताङको यात्रामा निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० पोखराबाट पनि गाडीमै अगाडि बढेका छन् ।

प्रधानमन्त्री शाह आज बिहान काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए । शुक्रबार पोखरामा बास बसेका बालेन त्यहाँबाट पनि गाडीमै मुस्ताङ हिँडेका छन् ।

यसअघि उनी पोखराबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ जाने कार्यक्रम तय भएको जनाइएको थियो ।

प्रधानमन्त्री शाह सडकमार्गमार्फत मुस्ताङ हिँडिरहेका बेला लेदो माटोसहितको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध छ ।

 


प्रतिकृया दिनुहोस्