Skip

Hamro Sanchar

अनुदानको मल बागलुङबाट वीरगञ्ज पठाएपछि ३ जना प्रहरीको खोरमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

६ भदौ, बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्यलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्