Skip

Hamro Sanchar

ठमेल अब २४ सै घण्टा खुल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

३ भदौ, काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो ।

ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए ।

भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापन जस्ता महत्त्वपूर्ण विषयमा छलफल भएको उ‍नले बताए ।

भेटमा प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन सुरक्षा निकायलाई आवश्यक रूपमा परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

परिषद्का अध्यक्ष राजुमान डंगोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माण गर्न परिषद्ले विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको बताए ।

परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रतिकृया दिनुहोस्