Skip

Hamro Sanchar

भारतीय स्थल सेनाध्यक्ष स्वदेश फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किएका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी श्रीमती कोमल सेठसहित चारदिने भ्रमणका लागि नेपाल आएका थिए।

सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत प्रदीपजंग केसीले बिदाइ गरे।

भ्रमणका क्रममा सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

साथै सेठले राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षामन्त्री र प्रधानसेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।


प्रतिकृया दिनुहोस्