काठमाडौं । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल जाने निर्णय गरेको हो ।
“अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै आगामी असोज महिनामा न्युयोर्कमा हुने राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह नजाने पक्का भएको छ ।





























