Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्कारपियो दुर्घटना : घाइते एक महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो। मंगलबार बिहान बिहान १०ः४ बजे पुर्‍याइएकी ४९ वर्षीया बडुको उपचारका क्रममा बिहान १०ः२९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

बडुको शव छाउनी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। लक्ष्मी रजिस्ट्रार तारादत्त बडुको पत्नी हुन्।

दुर्घटनामा घाइते भएका चार जनालाई बिहान सवा ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरूमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ।

यसअघि स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।

मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६ जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो


प्रतिकृया दिनुहोस्