Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बैतडी पूर्वाधार विकासमन्त्री लम्साललाई अचानक के भयो ? लगियो काठमाडौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३१ गते


Advertisement

३१ साउन, धनगढी। बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई स्वास्थ्यमा समस्या आएपछि हेलिकोप्टरमार्फत धनगढी हुँदै काठमाडौँ लगिएको छ।

मन्त्री लम्साललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट धनगढी ल्याइएको र अहिले थप उपचारका लागि काठमाडौँ लगिएको मन्त्रीको टोलीका प्राविधिक सल्लाहकार दिनेश रावतले जानकारी दिए।

स्वास्थ्यमा समस्या आएर हिँड्डुल गर्न सक्ने अवस्था नभएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

रावतका अनुसार लम्साललाई पहिले बैतडीबाट धनगढी ल्याइएको थियो। अहिले उनलाई धनगढीबाट काठमाडौँ लगिएको छ।

लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। उनी नेतृत्वको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको थियो।

दार्चुलाबाट फर्किएपछि बैतडीका विभिन्न क्षेत्र हुँदै बझाङ जाने कार्यक्रमसमेत तय भएको थियो। स्वास्थ्यमा समस्या आएपछि भने उनको पूर्वनिर्धारित निरीक्षण कार्यक्रम प्रभावित भएको छ


प्रतिकृया दिनुहोस्