Skip

Hamro Sanchar

बस र माइक्रो ठोक्किए : २ जनाको मृत्यु, ३ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३० गते


Advertisement

३० साउन, नुवाकोट । शिवपुरी गाउँपालिका-०७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी साढे ८ बजे बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०र४० मिटर तल भिरमा खसेको थिए ।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । घाइते मध्ये दुई जनालाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृत्यु हुनेमा काभ्रेपलान्चोक, बनेपा नगरपालिका-८ बस्ने अन्दाजी ५४ वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछाप, ठाडादेवी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ वर्षीय उदयमाया खत्री रहेका छन् ।

घाइते हुनेमा सर्लाही, लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने अन्दाजी २५ वर्षीय सुजता पोखरेल, काभ्रेपलान्चोक, बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीय सर्मिला श्रेष्ठ र दोलखा, मेलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने अन्दाजी ६० वर्षीय ज्ञानु श्रेष्ठ रहेका छन् ।

घाइते तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्