Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कास्की बाढीमा फसेका पुजारीसहित ३ जनाको सकुशल, मध्यपहाडी लोकमार्ग अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-६ हाइजुङस्थित अन्नपूर्ण मन्दिरका पुजारीसहित बाढीमा फसेका ३ जनाको उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज बिहान सवा ८ बजे उनीहरूको सकुशल उद्धार गरिएको हो।

उद्धार गरिएकाहरूमा कास्कीको पोखरा महानगरपालिका(१८ सराङकोट बस्ने वर्ष २८ का प्रदीप ढकाल, सर्लाही जिल्ला घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका(८ मा रहेको बिरेठाटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षका कानिर्माण गिरी हुन्।

भारतीय नागरिक गिरी ५ वर्षदेखि मन्दिरमा पुजारी काम गरिरहेका छन्।

सशस्त्र डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट गएको रोप रेस्क्यु र गोताखोरसहितका सुरक्षाकर्मी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको हो।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पहिरोले पोखरा–बागलुङ (मध्यपहाडी लोकमार्ग)को कास्की खण्ड अवरुद्ध भएको छ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ कृषि अनुसन्धान केन्द्र लुम्लेको ३ नम्बर गेटनजिकै पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको उनले बताए।


प्रतिकृया दिनुहोस्