Skip

Hamro Sanchar

चट्याङ लागेर रोल्पामा १ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर लुङ्ग्री गाउँपालिका– १, खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।


प्रतिकृया दिनुहोस्