Skip

Hamro Sanchar

रोल्पाको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, ३ जना अझै बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १० पुगेको छ।

पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पूर्ण रूपमा पुरिँदा दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।

पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि बुटवल पठाइएको छ।

यस्तै, बेपत्ता भएका ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिल बहादुर पुन मगरको खोजी कार्य जिल्ला प्रहरी कार्यालय रोल्पाको समन्वयमा निरन्तर भइरहेको छ।

यस दुःखद घटनामा थबाङमै ज्यान गुमाउनेहरूमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

यसैगरी, पहिरोमा बगेर छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेहरूमा थबाङ–५ का ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीय मनि पुन मगर, ३४ वर्षीया विष्णु भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगर रहेका छन् ।


प्रतिकृया दिनुहोस्