काठमाडौं । चीनमा पहिरो खस्दा भोटेकोसी नदीको बहाव केही रोकिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको न्यालम क्षेत्रमा बिहीबार भीरबाट ढुंगामाटोसहितको पहिरो खसिरहेको हो ।
चीनबाट नेपालतर्फ बहने भोटेकोसीको बहावलाई उक्त पहिरोले ‘आधाजति’ रोकेको अवस्थामा रहेको जानकारी स्थानीय प्रहरीबाट प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोटेकोसीरसुनकोसीको दोलालघाट नदीतटीय क्षेत्रसम्म अर्को सूचना जारी नगरिन्जेल सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






























